दार्चुला— दार्चुलाको सदरमुकाम खंलगामा एक १४ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।
विहीबार साँझ करिब ५ बजेतिर महाकाली नगरपालिका–५ खंलगामा भाडामा बस्दै आएकी रिया कुवँर नामक किशोरी घरभित्रै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो।
व्याँस गाउँपालिका–३ स्थायी घर भई हाल खंलगामा बस्दै आएकी कुवँर छन्नातिंकरी कन्या माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्।
शव फेला परेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
