दार्चुला — मुलुकको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२ दशमलव ९४ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार यो ऋणलाई जनसंख्याका आधारमा भाग लगाउँदा प्रत्येक नेपालीको भागमा औसत झन्डै ९० हजार रुपैयाँ ऋण परेको देखिन्छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत रहेको छ, जसको रकम १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ हो । चालू आर्थिक वर्षको पहिलो १० महिनामै सरकारले करिब ४ खर्ब रुपैयाँ नयाँ ऋण उठाइसकेको छ भने पुरानो ऋणको साँवा र ब्याज तिर्न मात्रै ३ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ ।

कुल गार्हस्थ्य उत्पादनको आधारमा वैशाख मसान्तसम्ममा ऋण सेवा खर्च ५ दशमलव ०५ प्रतिशत पुगेको छ । सरकारले आन्तरिक ऋण संकलनमा अपेक्षाकृत प्रगति देखाए पनि वैदेशिक ऋण संकलन भने लक्ष्यभन्दा निकै कम देखिएको छ । आन्तरिक ऋण संकलनको प्रगति ९१ दशमलव २५ प्रतिशत पुगेको छ भने वैदेशिक ऋण संकलन ४१ दशमलव ३३ प्रतिशतमै सीमित भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय