धनगढी –धनगढीमा रहेको कोविदा इन्टरनेसनल एकेडमि ले विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूको स्वागत, कक्षा ८ मा शतप्रतिशत नतिजा A+ ल्याएका विद्यार्थी र अभिभावकको सम्मान तथा तेक्वान्दोमा ब्ल्याक बेल्ट डन हासिल गर्नेहरूलाई विशेष समारोहबीच सम्मान गरिएको छ।
समारोहको सभापतित्व विद्यालयका नेपाली विषय शिक्षक टेकचन्द्र निरौलाले गरेका थिए। प्रमुख अतिथिका रूपमा धनगढी उपमहानगरपालिका–३ की वडा सदस्य तथा विद्यालयकी अभिभावक मीना सिंह उपस्थित थिइन्। विशिष्ट अतिथिका रूपमा तेक्वान्दोका प्रमुख प्रशिक्षक श्री दिपेन्द्र सिजापति, पृथ्वीराज घिमिरे, रमेश ढकाल, राजु खड्का तथा अन्य अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयकी संयोजक कान्ति गिरीले स्वागत मन्तव्य दिएकी थिइन्। संयाेजक गिरि शिक्षण पेशा संगै सास्कृतिक तथा कला र शाहित्यिक क्षेत्रमा समेत सामाजिक अभियान्ता पनि हुन।
विद्यालयका संस्थापक प्रिन्सिपल श्री पुष्करराज पाण्डेयको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा कक्षा ८ मा A+ ल्याउन सफल विद्यार्थीहरूलाई शिक्षक टेकचन्द्र निरौलाद्वारा आफ्नो व्यक्तिगत तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो। यस अवसरमा विद्यालयको उत्कृष्ट नतिजा र तेक्वान्दो खेलमा विद्यार्थीद्वारा हासिल उपलब्धिको सराहना गर्दै अतिथिहरूले विद्यार्थीहरूलाई अझै अनुशासित, सिर्जनशील र दक्ष बन्न प्रेरणा प्रदान गरेका थिए।
