काठमाडौं, — नेपालको सुदूरपश्चिममा अवस्थित दार्चुलाको अपिहिमाल गाउँपालिका पहिलो पटक पाटा नेपाल च्याप्टरकाे आयाेजना मिति २०८२/०२/२०-२२ गते सम्म हिमालयन ट्राभल मार्ट २०२५ मा सहभागी भएको छ। देश तथा विदेशका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल एजेन्सी, तथा सरकारी अधिकारीहरूको उपस्थितिमा सम्पन्न यस अन्तर्राष्ट्रिय स्तरीय कार्यक्रममा करिब ३० वटा देशको सहभागिता थियो । सहभागिता जनाउनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका पहिलो गाउँ पालिका बनेको छ।
सोल्टी होटेल, काठमाडौंमा आयोजना गरिएको यो मार्टमा अपिहिमाल गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि स्थानीय संस्कृति, धार्मिक स्थल, पदमार्ग, हिमाल आरोहण सम्भावना, तथा होमस्टे कार्यक्रमको प्रचार–प्रसार गर्यो। कार्यक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले अपिहिमालको परिचयात्मक पुस्तिका तथा मार्गचित्र प्रमुख पाहुनाहरूलाई हस्तान्तरण गरेका थिए।
पर्यटन प्रवर्द्धनका लागि अपिहिमाल गाउँपालिकाको यो सहभागिता ऐतिहासिक मानिएको छ। सुदूरपश्चिमको अपिहिमाल क्षेत्र हालसम्म पर्यटनको प्रमुख गन्तव्य भएतापनि व्यापक रुपमा प्रचार प्रसार हुन सकेको थिएन। यस कार्यक्रममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अपिहिमाललाई नयाँ गन्तव्यका रूपमा चिनाउने प्रयास भएको अपिहिमाल गाउँ पालिकाबाट सहभागी क्षेत्र सिह ठेकरेले बताउनु भयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय वद्री प्रसाद पाण्डे, पूर्व बीबीसी प्रस्तोता शरनजित लेल, अभिनेत्री एवम् सगरमाथा आरोही निशा अधिकारी, तथा अन्तर्राष्ट्रिय पर्यटन विशेषज्ञहरूको उपस्थिति थियो।
अपिहिमाल गाउँपालिकाको यो पहलकदमीले सुदूरपश्चिमको समग्र पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउनेमा आफु विश्वस्त रहेको अपिहिमाल गाउँ पालिका अध्यक्ष भक्त सिह ठेकरे बोहराले बताउनु भयो ।
नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमा ऐतिहासिक उपलब्धि हासिल गर्दै दार्चुला जिल्लास्थित अपिहिमाल गाउँपालिकाले पाँचौं पाटा हिमालयन ट्राभल मार्ट (HTM) २०२५ मा सहभागिता जनाएको छ। यो पहिलो पटक हो । अपिहिमालले यस्तो अन्तर्राष्ट्रिय स्तरको पर्यटन कार्यक्रममा भाग लिएको छ, जसले विश्व मञ्चमा आफ्नो विशिष्ट पर्यटन सम्पदाको प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई उजागर गरेको कार्यक्रममा सहभागी धिरज बोहराले बताउनुभयो ।
प्यासिफिक एशिया ट्राभल एसोसिएसन (PATA) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड (NTB) को संयुक्त आयोजनामा सम्पन्न HTM २०२५ ले ३० भन्दा बढी देशका १०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ७०० भन्दा बढी सहभागीहरूलाई काठमाडौंमा एकत्रित गर्यो। २०८२ असार २० देखि २२ सम्म आयोजना भएको यस कार्यक्रमले दिगो पर्यटन र क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा राख्दै नेपालको विभिन्न गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने अवसर प्रदान गर्यो।
HTM २०२५ मा सहभागिता जनाएर अपिहिमाल गाउँपालिकाले निम्न उद्देश्यहरू लिएको छ:
अपि हिमाल आधार शिविर र वरपरका आकर्षणहरूलाई अन्तर्राष्ट्रिय टुर अपरेटर र मिडियासामु प्रस्तुत गर्नु।
दिगो पर्यटन विकासका लागि लगानी र साझेदारी आकर्षित गर्नु।
साहसिक, सांस्कृतिक र पारिस्थितिक पर्यटनको सम्भावना उजागर गर्नु।
पहिलो पटक गाउँपालिकाको सहभागिता
यो वर्षको HTM मा अपिहिमाल एक मात्र गाउँपालिका हो जसले सहभागिता जनाएको छ। यसको उपस्थिति ग्रामीण तथा टाढा रहेका गन्तव्यहरूका लागि प्रतिस्पर्धात्मक पर्यटन बजारमा स्थान बनाउने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। गाउँपालिकाका अध्यक्षदेखि वडा प्रतिनिधिसम्मको सक्रिय सहभागिताले पर्यटनलाई सामुदायिक विकास र आर्थिक वृद्धिको प्रमुख साधनका रूपमा जोड दिएको छ।
राष्ट्रिय पहिचान र भविष्यको सम्भावना
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र PATA का महासचिव नरेन्द्र देव भट्टले नेपालका पर्यटन गन्तव्यहरूमा भइरहेको विस्तार र ग्रामीण क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। अपिहिमालको सहभागिताले अन्य गाउँपालिकालाई पनि यस्ता प्लेटफर्महरू प्रयोग गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
आयोजक र पर्यटन विज्ञहरूले अपिहिमालको HTM २०२५ मा पहिलोपटकको सहभागिता आगामी दिनमा पर्यटक आगमन, पूर्वाधार विकास र दिगो अभ्यासहरूको प्रवर्द्धनमा उत्प्रेरक बन्ने विश्वास रहेको अपिहिमाल गाउँपालिका प्रतिनिधिहरु क्षेत्र सिँह ठेकरे र धिरज बाेहराले बताउनुभयो ।
