दार्चुला — नौगाड गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०८२ साल असार १२ गते बाल संजाल  गठन कार्यक्रम सम्पन्न भएको छ।

गाउँपालिकामा गठन गरिएको बाल सञ्जालमा जनहित मा.वि. धुलिगड कक्षा १० की छात्रा कमला धामी अध्यक्ष, गणेश विनायक मा.वि. सिप्टिका कक्षा १० का छात्र रोहित धामी उपाध्यक्ष, समैजी मा.वि. सौकेबगड कक्षा ९ की छात्रा धनसरा टमटा कोषाध्यक्ष, कृष्ण आ.वि. चौरिगाउँ कक्षा ८ का छात्र जेनिस सितोली सचिव चयन भएका छन्।

अन्य चारवटा माध्यमिक विद्यालय र सातवटा आधारभूत विद्यालयबाट एक–एक जना प्रतिनिधि रहने गरी १५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो।

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, माध्यमिक तथा आधारभूत विद्यालयका संरक्षण शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख कौसिला धामीको स्वागत मन्तव्यसँगै शुरु भएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीको सभापतित्व, पालिका अध्यक्ष दलजित सिंह धामीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगत सिंह ठगुन्नाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। वडा नं. ५ का अध्यक्षलगायत जनप्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रमको पूर्वसन्ध्यामा पालिका अध्यक्षले बालबालिका तथा संरक्षण शिक्षकहरूसँग विशेष भेटघाट गर्दै बाल अधिकार, नेतृत्व क्षमता विकास र बाल संरक्षणका विषयमा विचार आदानप्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रमसम्बन्धी जानकारी उपेन्द्र सिंह ठगुन्ना ‘खर्कालो’ले पठाउनुभएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय