दार्चुला — दार्चुला जिल्ला, लेकम गाउँपालिका–२ कैनौडा काकँडीका युवा बिष्णुदत्त जोशीको सोमबार बिहान निधन भएको छ।
गयराती करिब १ बजे पेटमा समस्या देखिएपछि उनलाई उपचारका लागि एम्बुलेन्समार्फत गोकुलेश्वरस्थित मालिकार्जुन अस्पताल लगिएको थियो। बिहान ४:२० बजे अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको अस्पतालका व्यवस्थापक राम बिष्टले जानकारी दिएका छन्।
बिष्टका अनुसार जोशीको पेटको आन्द्रा ब्लक भएको र स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको थियो। अस्पतालमा पुर्याइएको केही समयमै ज्यान जोगाउन नसकिएको जानकारी दिइएको छ।
उहाँ मिलनसार, जिम्मेवार र सक्रिय युवाका रूपमा परिचित हुनुहुन्थ्यो। असमायिक निधनले शोक छाएको छ।

