दार्चुला — नेपाल एथलेटिक्स संघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशन सम्पन्न हुँदै नयाँ नेतृत्व चयन गरिएको छ। खलङ्गामा सम्पन्न अधिवेशनबाट ओमकार पाल संघको अध्यक्षमा निर्वाचित भएका हुन्। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सम्पन्न अधिवेशनले युवा नेतृत्वलाई अघि बढाउँदै नयाँ कार्यसमिति गठन गरेको हो।

कृष्ण स्नातक क्याम्पस लालीका स्ववियु अध्यक्षसमेत रहेका पालको नेतृत्वमा बनेको कार्यसमितिमा गौरव चुनारा उपाध्यक्ष, गगनसिंह धामी कोषाध्यक्ष, दानसिंह कार्की सचिवमा चयन भएका छन्। साथै करनसिंह धामी, धनमाया महता, दुर्गा महरा, अनुज पार्की, यशोदा चन्द, रोहित टमटा, लोकेन्द्र ओड र नविन पार्की सदस्य पदमा निर्वाचित भएका छन्।

संघका निवर्तमान अध्यक्ष दानसिंह कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेलप्रेमी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय