दार्चुला — सुनचाँदी तथा आभूषणमा लगाइएको असमान कर र भ्याट खारेज गर्न माग गर्दै दार्चुलाका सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यक्रमअनुसार दार्चुलामा पनि विरोधका कार्यक्रमहरू जारी छन्।
दार्चुला सुनचाँदी व्यवसायी संघर्ष समितिका अध्यक्ष सन्तोष दयालीका अनुसार बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमार्फत सरकारले सुनचाँदीलाई विलासिताको वस्तुमा राखेर कर र भ्याट दर बढाएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।
व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत तहगत विलासिता कर, बहुमूल्य हिरा र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने, सुनको भन्सार कर ६ प्रतिशत कायम गर्नुपर्ने, तथा सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति तथा कार्यान्वयन प्रणाली निर्माण गर्नुपर्ने माग राखेका छन्।
संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा आर्थिक ऐन २०८२ को दफा १७ अनुसार कर बिल जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा सहयोग मागिएको जनाइएको छ। साथै, कुनै पनि अध्ययन र मूल्याङ्कन नगरी गरिएको कर वृद्धिले व्यवसाय जोखिममा पर्ने र लाखौं रोजगारी गुम्न सक्ने चेतावनी दिइएको छ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट वार्ताको लागि आह्वान भएपछि महासंघ, आभूषण महासंघ र संघर्ष समितिबीच भएको ६ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उठाइएको छ। सहमतिका प्रमुख बुँदाहरूमा विलासिता कर र भ्याटको पुनरावलोकन प्रमुख रहेको
