दार्चुला– जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार, भारतबाट अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वन लसुनसहित ३१ वर्षीय धाना धामीलाई सदरमुकाम खलङ्गा स्थित नेपाल–भारत जोड्ने पुल नजिक प्रहरीले पक्राउ गरेको छ।

सोमबार बेलुकी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले नौगाड गाउँपालिका–४ सिप्टी बस्ने धामीलाई पाँच किलो वन लसुन सहित पक्राउ गरी हिरासतमा राखेको छ। सङ्कलन अनुमति पत्रबिना वन लसुन भित्र्याउने भएकाले आवश्यक प्रक्रिया पुरा गरी डिभिजन वन कार्यालय दार्चुलालाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले भने, राजश्व दाखिला गरी अनुमति लिएर मात्र वन लसुन सङ्कलन र ओसारपसार गर्न पाइने नियम रहेको जानकारी दिनुभएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय