दार्चुला: दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१ स्थित तिङ्कर खोलामा हिजो राति करिब ८ बजे आएको बाढीले छाङरु–तिङ्करका ३ वटा काठेपुल बगाउनुका साथै छाङरु देखि तिङ्कर जाने बाटोघाटो समेत बगाएको छ।

स्थानीय जनक धामिका अनुसार, एक्कासि आएको बाढीको त्रासका कारण गागामा रहेका सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दालाई रातभर सुत्न नदिएको बताए।

सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुका सूचना अधिकारी लाल बहादुर नेगिका अनुसार, गागामा रहेको गागापारी जाने काठेपुल, गागाबाट करिब २ किलोमिटर माथि अपिनाम्पा संरक्षण क्षेत्रको पोस्ट जाने नाम्पा खोलामा रहेको काठेपुल र छाङरुबाट तिङ्कर जाने काठेपुल बाढीले बगाएको हो।

हालसम्म कुनै मानवीय क्षति भएको जानकारी नभए पनि तिङ्कर जाने पुल बगाएकाले आवागमन अवरुद्ध भएको र तिङ्करसँग फोन सम्पर्क समेत हुन नसकेको कारण त्यहाँको क्षतिको विवरण प्राप्त गर्न नसकिएको नेगिले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय