दार्चुला: नेपाल भारत मैत्री संघ दार्चुला शाखाले भारत सरकारको स्वतन्त्रता दिवस १५ अगस्टको अवसरमा २०८२ साउन ३० गते व्याँस गाउँपालिका–१ छाङरु गाउँमा रहेको श्री कैलाशपती निमावि विद्यालय भवनमा व्याँस गाउँपालिका वडा नं. १ छाङरु र तिङ्करका अति विपन्न तथा एकल परिवारलाई चामल, चिनी, तेललगायत खाद्यान्न वितरण गरेको छ।

एक औपचारिक कार्यक्रमबीच नेपाल भारत मैत्री संघ दार्चुलाका अध्यक्ष तथा केन्द्रीय सदस्य बासुदेव ऐतवालले छाङरु गाउँका ३४ र तिङ्कर गाउँका १५ घरपरिवारलाई प्रतिघरपरिवार २६ किलो चामल, २ किलो चिनी र १ लिटर तेल वितरण गरेका हुन्।

यस अवसरमा स्थानीयले मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसमा सहयोग पुर्‍याएकोमा नेपाल भारत मैत्री संघप्रति आभार व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय