दार्चुला । गएराति भएको अविरल वर्षासँगै खसेको पहिरोका कारण खलङ्गा–गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमामा पर्ने तेर्छ्यालेक रानीबाँसस्थित सडक माथिबाट खसेको ठूलो पहिरोले करिब २०–३० मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति पहिरो खसेपछि उक्त सडकखण्डमा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न नसकेका छन् । काठमाडौँ, महेन्द्रनगर र धनगढीबाट दार्चुला आउँदा वा दार्चुलाबाट ती ठाउँतर्फ जाने यातायातका साधनहरू पहिरो खसेको स्थानमा पुगेर रोकिएका छन् । हाल पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय