दार्चुला । दार्चुला उद्योग वाणिज्य संघको पहलमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोली दार्चुलामा कर तथा राजश्वसम्बन्धी सेवा दिन आउने भएको छ । संघका वरिष्ठ उपाध्यक्ष विसनसिंह बोहराका अनुसार टोली यहि भाद्र ५ गतेदेखि ७ गतेसम्म खलंगामा रहनेछ ।

राजश्व कार्यालयको टोलीले व्यवसाय दर्ता, बन्द, नवीकरण, करचुक्ता लगायतका काम गर्ने भएकाले जिल्लाभरिका उद्योगी तथा व्यवसायीलाई सेवा लिन आग्रह गरिएको छ ।

व्यवसायीहरूले करचुक्ता वा व्यवसाय दर्ताका लागि डडेल्धुरा पुग्नुपर्ने बाध्यता हटाउन उद्योग वाणिज्य संघले प्रत्येक वर्षजस्तै यस वर्ष पनि टुरमुकाम टोली बोलाएको हो । अहिले वर्षातका कारण आवतजावतमा समस्या हुने देखिएकाले जिल्लामै सेवा उपलब्ध गराइने संघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय