दार्चुला: दार्चुलामा लागूऔषध चरेशसहित एक युवक प्रहरी नियन्त्रणमा परेका छन्। महाकाली नगरपालिका–४ महाकाली करिडोरबाट २२ वर्षीय किसन लुहारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनको साथबाट करिब ९ ग्राम चरेश बरामद गरेको जनाएको छ। बरामद गरिएको चरेशसहित लुहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
