बाबाको छायामा कविता

बाबा, तपाईंको छायामा

छैन कुनै डर र चिन्ता

तपाईंको मुस्कानमा

लुकेका छन् हजारौं खुशी।

 

कठिन यात्रामा

तपाईंको साथ र माया

दिएको छ प्रेरणा

जीन्दगीलाई उज्ज्वल बनाउन।

 

तपाईंको पसिनाको थोपा

बनेको छ हाम्रो भविष्यको जग

तपाईंको त्याग र बलिदान

अमूल्य छ, अतुलनीय छ।

 

बाबा, तपाईं हुनुहुन्छ

अँधेरोमा जूनको प्रकाश

धर्तीमा अटल पहाड

र हरपलको सहारा।

 

सपनाहरूलाई पूरा गर्न

तपाईंले दिनुभयो हिम्मत

आशीर्वाद स्वरूप

तपाईंको मायाको वर्षा।

 

बाबा, तपाईंप्रति

यो मनबाट नमन

सधैं रहोस तपाईंको साथ

यो प्रार्थना छ मेरो हृदयबाट।

कवि मनिषा धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलामा अध्ययन गर्दै।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय