मेटा कम्पनीले फेसबुक दर्ताका लागि नेपाल सरकारसँग सम्पर्क गर्यो

सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग दर्ता प्रक्रिया अघि बढाउन सम्पर्क गरेको छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरी दर्ता र सूचीकरणका लागि आवश्यक कागजातबारे जानकारी मागेका थिए।

ठाकुरले भने, ‘मन्त्रालयले मन्त्रीज्यूको पीएको निर्देशन अनुसार ५ मिनेटमै आवश्यक विवरण इमेलमार्फत मेटालाई पठाइसकेको छ।’

मन्त्रालयले यसअघि साँझ करिब ५ बजे दर्ता र सूचीकरणका लागि आवश्यक प्रक्रिया र कागजातबारे मेटालाई जानकारी गराएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय