दार्चुला – दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–३ मा रहेको वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ।

वडा अध्यक्ष देवबहादुर बमका अनुसार आगलागीका कारण कार्यालयभित्र रहेका सम्पूर्ण फर्निचर, सामग्री र कागजात जलेर नष्ट भएका छन्। स्थानीय बासिन्दाले बिहान आगो नियन्त्रणमा लिन प्रयास गरे पनि सबै वस्तु पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए।

यद्यपि, जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार थप विवरण प्राप्त नभएकाले अनुसन्धान सुरु हुन बाँकी छ।

घटनासम्बन्धी विस्तृत विवरण पछि आउने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय