प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सानोठिमी, भक्तपुरले पठनपाठन र परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।

परिषद्ले २०८२ साल असोज २४ गते प्रकाशित सूचनाअनुसार हालसम्म स्थगित गरिएको पठनपाठन आगामी २०८२ कात्तिक ११ गतेपछि मात्र सञ्चालन हुने जनाएको हो। स्थगित अवधिको पठनपाठन जाडो विदा तथा सार्वजनिक विदाबाट कट्टा हुने परिषद्ले स्पष्ट पारेको छ।

त्यसैगरी, सो अवधिमा भर्ना प्रक्रिया सहज बनाउन सम्बन्धित शिक्षण संस्थाको प्रशासन खुला राखी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

डिप्लोमा/प्रमाणपत्र तहका वार्षिक तथा सेमेष्टर परीक्षा र प्रि-डिप्लोमा तहका वार्षिक/अन्तिम परीक्षा पनि कात्तिक ११ गतेपछि मात्र सूचनामार्फत सञ्चालन गरिने परिषद्ले जनाएको छ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थना गर्दै परिषद्ले थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट www.ctevt.org.np हेर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय