दार्चुला:दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–८, देवल घर भएकी ५० वर्षीया धाना देवी जोशी आन्द्रा सम्बन्धी गम्भीर समस्याका कारण हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छिन्।
भारतमा काम गर्दै आएकी धाना देवी आकस्मिक बिरामी भई धनगढी पुगेकी थिइन्। तर धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पठाइएको हो।
आर्थिक अवस्था कमजोर भएका कारण परिवार अहिले उपचार खर्च जुटाउन कठिनाईमा परेको छ। उनका छोराहरु १८ वर्षका दिनेश र १५ वर्षका सन्देश अध्ययनरत छन् भने कमाउने अरु कोही नभएकाले उपचारमा ठूलो चुनौती खडा भएको परिवारले जनाएको छ।
दिनेश जोशीले आमा बचाउन सक्दो सहयोग गरिदिन सबैमा विनम्र अनुरोध गरेका छन्।
▪️सहयोगका लागि:छोरा दिनेश जोशीको ESEWA QR र बैंक खाताको QRसम्पर्क नम्बर: ९७४९३१८४०८ (दिनेश जोशी)

