दार्चुला — अपिहिमाल आरोहणको क्रममा दुई जना सदस्य घाइते भएका छन् । अपिहिमालको पहिलो आरोहणका लागि टोलीले भदौ १९ गतेदेखि प्रशिक्षण सुरु गरेको थियो र शुक्रबार शिखर तर्फ प्रस्थान गरेको थियो ।

आरोहणको क्रममा टोलीका सदस्य सञ्जीव गुरुङ र तेन्जिङ लामा शेर्पा घाइते भएका हुन् । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराले बताए अनुसार उनीहरुको उद्धारका लागि दुई दिनदेखि निरन्तर प्रयास भइरहेको छ ।

मौसमी प्रतिकूलताका कारण हेलिकप्टरले उद्धार गर्न सकिरहेको छैन । गुरुङको खुट्टा भाचिएको छ भने शेर्पालाई शरीरमा चोट लागेको छ । उद्धार टोली अहिले गाउँपालिका केन्द्र खण्डेश्वरीमा रोकिएको छ भने आरोहण टोली बेस क्याम्पमै छ ।

दुई सदस्य घाइते भएपछि आरोहण तत्कालका लागि स्थगित गरिएको छ । घाइतेहरुको उद्धारपछि बाँकी सदस्यले आरोहण जारी राख्ने वा नराख्ने निर्णय गर्ने जानकारी अध्यक्ष ठेकरेले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय