दार्चुला: दार्चुला जिल्ला अस्पतालमा हाल डेंगु र स्क्रबटाइफसका बिरामीको संख्या तीव्र गतिमा बढ्दै गएको छ। अस्पतालका तथ्याङ्कअनुसार साउन र भदौ महिनामा मात्रै १६ जनामा डेंगु र ८० जनामा स्क्रबटाइफस पुष्टि भएको छ। स्क्रबटाइफसबाट २५ पुरुष र ५५ महिला प्रभावित भएका छन् भने डेंगुमा ८÷८ पुरुष–महिला संक्रमित छन्।
स्वास्थ्यकर्मीहरूले डेंगुमा विशेष उपचार नभएकाले सावधानी अपनाउन, प्रशस्त तरल पदार्थ सेवन गर्न र ज्वरोमा सिटामोल प्रयोग गर्न सुझाव दिएका छन्। माइटको टोकाइबाट सर्ने स्क्रबटाइफसमा ढिलाइ गरी उपचार नगरे जोखिम बढ्ने चेतावनी समेत दिइएको छ।
