सुदूरपश्चिम दार्चुलाको अपिहिमाल गाउँपालिकालाई २०८० असोज १० अर्थात् सेप्टेम्बर २७ बिश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थानीय तहमध्ये पर्यटन विकासमा उत्कृष्ट योगदानको लागि सम्मानित गरियो।

पालिकाले आफ्नो ५ वर्षे योजना, १० वर्षे पर्यटन रणनीति र स्थानीय–प्रदेश–संघीय सरकारको सहकार्यमार्फत सुदूरपश्चिमको प्रमुख गन्तव्यका रूपमा पर्यटन विकासमा उल्लेखनीय काम गरेको छ। ट्रेडिङ पर्यटन, हिमाल आरोहण, कृषि पर्यटनमार्फत स्थानीय रोजगार, शिक्षा र स्वास्थ्यमा योगदान पुगेको छ।

नेपाल पर्यटन बोर्ड, UNDP, प्रदेश पर्यटन इकाई, NATTA, TAAN, NMA, HAAN, सञ्चारकर्मी, होटल–होमस्टे व्यवसायी र अपिहिमालबासी समुदायको सक्रिय सहभागितामा यो उपलब्धि सम्भव भएको हो।

मन्त्रालयका सचिव हरि प्रसाद मैनालीद्वारा हस्तान्तरण गरिएको सम्मानपत्रमा अध्यक्ष भक्त सिह बेकरे बोहराले खुशी व्यक्त गरे। यो सम्मानले अपिहिमालको पर्यटन पहिचानलाई अझ सुदृढ बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय