दार्चुला — दार्चुलाको लेकम गाउँपालिका–४ का बुढाकोट, जोगीभण्डार, गुदगुदे, तितेकाडा, चौपाटा र ऐरपाली लगायतका टोलमा मोबाइल नेटवर्क नआउने समस्या अझै समाधान हुन सकेको छैन।

स्थानीय शेखर चन्द्र जोशीका अनुसार लामो समयदेखि नेटवर्क समस्या कायमै छ। वडा कार्यालय, गाउँपालिका र नेपाल टेलिकम दार्चुला कार्यालयमा पटक–पटक जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको उनले बताए ।

जोगीभण्डार र बुढाकोट क्षेत्रमा सामान्य फोन गर्न समेत सिग्नल नपाइने अवस्था रहेको स्थानीय तर्कराज ओझाले बताए। केहीले भारतीय सिम प्रयोग गरेर मात्र फोन र इन्टरनेट चलाउन बाध्य भएको उनले बताए । आकस्मिक घटना वा आपतकालीन अवस्थामा सम्पर्क गर्न नसक्दा थप समस्या भइरहेको उनीहरूको गुनासो छ।

नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले वडाबाट पत्र आएपछि मात्रै समस्या समाधानको प्रक्रिया अघि बढ्ने बताए। तर वडाध्यक्ष महेन्द्रराज जोशीका अनुसार, २०८२ साल साउन ३ गते ३१ नम्बरको चलानी सहितको पत्र पठाइएको भए पनि अहिलेसम्म कुनै सुनवाई वा समाधान नभएको उनले जिकिर गरे ।

स्थानीयले यथाशीघ्र नेटवर्क र सडक समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। हालसम्म सडकसमेत नपुगेकोले दैनिक यात्रा र आपतकालीन अवस्थामा थप कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय