दार्चुला । बैतडीको सेटिगाउँ माध्यमिक विद्यालयका शिक्षक मानबहादुर बोहरामाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शैल्यशिखर ९ गोकुलेश्वरमा सञ्चालित रामलिला हेर्न गएका शिक्षक बोहरामाति शुक्रबार राति कुटपिट भएको थियो ।
बोहरालाई कुटपिट गरेको आरोपमा शैल्यशिखर नगरपालिका–९ का २९ वर्षीय भूपेन्द्र धामी र शैल्यशिखर–५ का २५ वर्षीय राजेन्द्र डाँगा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।
