दार्चुला । ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बल्देवसिंह धामीले विद्यालयमै आत्महत्या गरेका छन् । विद्यालय सुधारसम्बन्धी ४६ बुँदे प्रस्ताव तथा आफूलाई आत्महत्या गर्न बाध्य पार्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्दै आज विहान आत्महत्या गरेका हुन ।
घटनापछि स्थानीय समुदाय, अभिभावक तथा शिक्षा क्षेत्रमा गम्भीर चासो र स्तब्धता छाएको छ । प्रधानाध्यापक धामीले विद्यालय व्यवस्थापन, शैक्षिक सुधार, अनुशासन तथा प्रशासनिक विषयसँग सम्बन्धित विभिन्न सुझाव समेटिएको ४६ बुँदे दस्तावेज सार्वजनिक गरेका थिए । साथै उनले आफूलाई मानसिक रूपमा दबाब र पीडामा पारिएको उल्लेख गर्दै केही व्यक्तिहरूको नामसमेत खुलाएका बताइएको छ ।
घटनापछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ । आत्महत्याको कारण, सार्वजनिक गरिएका विवरण तथा त्यससँग सम्बन्धित पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस घटनाले विद्यालय व्यवस्थापन, शिक्षकको मानसिक अवस्था तथा शैक्षिक संस्थाभित्र देखिने दबाबका विषयमा गम्भीर बहस सुरु भएको छ ।
फेसबुकमा के लेखेका थिए त प्रधानाध्यापक धामीले जस्ताको त्यस्तै
पृय छाेराहरू राजेश / राकेश र प्यारी जीवन संगीनी सीता तिमीहरूले आफ्नो असल अभिभावक याे सुन्दर संसारबाट गुमाउँदैछाै । अत्यन्तै भावुक मुद्रामा तिमीहरूलाई मेराे मृत्युको खबर सामाजिक संजाल मार्फत जानकारी गराउँदैछु । ईमानदारीता, पारदर्शिता र जवाफदेहीता मेराे कार्यशैलीमा दुष्मन र पापीहरूले चलखेल गरि मेराे सुन्दर परिवारलाई ध्वस्त बनाईदिए । रामेछाप जिल्लामा लामो समय शैक्षिक कृयाकलापमा समाहित म एक ईमानदार शिक्षक नमुना विद्यालयकाे प्रधानाध्यापक गृह जिल्लामा एउटा विद्यालय नमुना बनाउने साेचले सरूवा गर्ने निर्णयमा पुगे तत्कालीन मेराे कार्यरत विद्यालय कुशेश्वर मा वि विद्यालय ब्यवस्थापन समितिमा कुरा राख्दा वि व्य स अध्यक्ष पृय भाइ दिपेन्द्र खड्काले सर तपाईंका दुई भाइ छाेराहरूलाई काठमाडौंका जुनसुकै कलेजबाट आई एस्सी पढाइ दिन्छु मेराे कार्यकाल भरि बसिदिनुस भनेकाे यदि मानेकाे भए मेराे याे अवस्था यस्तो हुने थिएन । २०७७ साल कार्तिक ८ गते सरूवा भएर म दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नं ४ स्थित श्री सम्पाल मा वि सुन्सेरामा ४ जनाकाे सिंगाे सुन्दर परिवार सहित हाँजिर हुन आउँदा विद्यालयकाे गेटबाट प्रवेश गर्दा यहाँको माटो छाेएर विद्यालयलाई नमुना बनाउने संकल्प गरेकाे थिएँ । विद्यालयमा हाँजिर हुन आउँदा उद्देग लाग्दाे निराशाजनक वातावरण कुनै पनि सिष्टम र पद्धति नभएको डम्पिङसाईड जस्तो विद्यालयलाई धेरै प्रयास र प्रयत्न गरि ५ वर्ष भित्रमा नमुना बनाउने संकघाेष गरि कार्य थालनी गरे नभन्दै विद्यालय नमुना भयाे तर दुष्मनहरूले मलाई आत्महत्या गर्न बाध्य बनाए । गृह जिल्लामै भएर पनि आफ्नो घरलाई वास्ता गरेन अहाेरात्र खटेर विद्यालय नमुना बनाएकाे हाेईन फाटाह पापीहरू शुरूदेखि तह श्रेणी र याेग्यता नभएका फटाहहरू दली भट्ट र हरि भट्टकाे प्रधानाध्यापक हुने र भ्रष्टाचार गरि विद्यालय निमट्यान्न गर्ने साेचमा पुर्णविराम लागेपछि अवराेध खेप्दै आएकाेमा एक दिन शनिबार विद्यालयकाे काममा ब्यस्त रहँदा रक्सीको मातमा शिक्षक र विद्यार्थीको अगाडि गालीगलाैच गरि मेराे बेईजत गरेकाे यादछ ? ?? ??? फाटाह दली भट्ट याे कुरा साेहिदिन ब्याँस गाउँपालिका उपाध्यक्ष विनाेद सिँह कुवर ज्युलाई समेत फाेन मार्फत जानकारी गराएकाे थिएँ । २०७७/११/१४ गते प्रधानाध्यापककाे पदभार ग्रहण गरेपछि मैले के के काम गरेकाे थिए विद्यालय नमुना बनाउन ? ?? ???
