दार्चुला । प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव धामीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

सांसद ठगुन्नाले सामाजिक संञ्जाल फेसबुकमा शोक वक्तव्य जारी गर्दै धामीको असामयिक निधनले शिक्षा क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताएका छन् । उनले स्वर्गीय धामी एक इमानदार, कर्तव्यनिष्ठ तथा शिक्षाप्रति समर्पित व्यक्तित्व भएको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताए । यस्तै उनले यो घटनाको निष्पक्ष छानविन गर्न सरकारसंग माग गरेका छन् ।

उनले शोकसन्तप्त परिवारजन, आफन्त, विद्यार्थी तथा सम्पूर्ण शिक्षा समुदायप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

प्रधानाध्यापक धामीको निधनपछि जिल्लाभर शोकको वातावरण बनेको छ । विभिन्न संघसंस्था, शिक्षक तथा राजनीतिक व्यक्तित्वहरूले समेत दु:ख व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय