दार्चुला । दार्चुलामा भारतबाट भित्रने सागसब्जीमा रोक लगाइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन आएपछि आज बिहानैदेखि नेपाल-भारत सीमा नाका खलंगामा सागसब्जी आयातमा रोक लगाइएको हो । भारतीय बजारबाट नेपाली बजारमा भित्रने सागसब्जी, तरकारी लगायतमा रोक लागेको छ ।

यहाँका व्यापारी तथा उपभोक्ताले ल्याइरहेका कृषि उपज सीमाबाट फिर्ता गरिदैछ । बिहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै नेपालमा दैनिक रूपमा आयात हुने कृषिजन्य उपजहरूको आयात व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेर निर्देशन दिएको छ ।

जसमा कृषिजन्य उपजहरू सीमा तथा नाकामा रहेका क्वारेन्टाइन कार्यालयहरूबाट मात्र आयात हुने व्यवस्था कडाइका साथ लागू गर्न आग्रह गरिएको छ। यस्तै प्रत्येक दिन क्वारेन्टाइनमार्फत आयात भएका कृषिजन्य उपजहरूको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको इमेल ठेगाना [email protected] मा नियमित रूपमा उपलब्ध गराउन हुन भनिएको छ ।

यसअघि नेपाल-भारत सीमामा भारतले चिनी, मिश्री निर्यातमा रोक लगाएको छ भने नेपालले केरा, तेल, पेयपदार्थ आयातमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय