दार्चुला । ब्यास गाउँपालिका वडा नम्बर ६ हुति बसेडीमा रहेकाे बसन्तपुर माध्यमिक विद्यालय बसेडीका सस्थापक प्रधाना ध्यापक एवम् शिक्षक दाैलत सिह खातीकाे बुधबार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।

 

२०४४ साल माघ २१ गते स्थायी भए साेबिधार प्रावि साैताेलीबाट शिक्षण पेशा सुभारम्भ गर्नु भएका शिक्षक खातीकाे यहि मिति २०८३ साल जेठ २२ गतेका दिन ४० बर्ष दुई महिना २६ दिन सेवा अवधि पूरा गरि अनिवार्य अवकास, सेवा निवृत भएपछि बुधबार विद्यालयकाे तर्फबाट भव्य समारोहका बिच बिदाइ गरिएको विद्यालयका प्रधानाध्यापक माेहन दत्त भट्टले बताउनुभयाे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयादत्त भट्टकाे अध्यक्षतामा तथा वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र सिह कुवरकाे प्रमुख आतिथ्यतामा एवम् ब्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णादत्त बडूकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियाे ।

विदाइ कार्यक्रममा विद्यालय तथा बसेडी मल्लागाउ समाजकाे तर्फबाट विदाइ भएर जानू भएका शिक्षक खातीलाइ बाजागाजा सहित फुलमाला,खादा, दाेसल्ला, पाग, ढाकाटाेपी सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियाे भने शिक्षक खातीले विलयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई टाइबेल्ट बितरण गर्नुका साथै शिक्षक र अभिभावकहरुका लागि बिदाइ भाेजकाे समेत आयाेजना गर्नुभएको थियाे ।

२०४४ साल माघ २१ गतेदेखि स्थायी रुपमा शिक्षण पेशामा आवद्ध हुनुभएका शिक्षक खातीले सेवा अवधिका ४० बर्षमा २०४२साल फागुन २६ गतेदेखि २०४४ साल माघ २० गतेसम्म सोमनाथ प्रावि सुत्खोलामा सेवारत रहनु भएको थियाे भने त्यसपछि साेविधार प्रावि साैताेली, भवानी प्रावि भगनाडी,सिद्ध प्रावि सिना, भुमीराज प्रावि कम्दा, सिद्ध प्रावि सिना, श्रीचन्द प्रावि मडगाउमा सेवारत रहनु भएका थिए भने सबैभन्दा बढि २०५६ साल चैत २९ गतेदेखि २०८३ साल जेठ २२ गतेसम्म बसन्तपुर मावि बसेडीमा सेवारत रहेका थिए । नेपाल शिक्षक युनियन दार्चुलाका पुर्व अध्यक्ष समेत रहनु भएका शिक्षक खाती नेपाल शिक्षक महासङ्घका पुर्व केन्द्रीय सदस्य समेत हुन ।

शिक्षक खाती शिक्षण पेशाका साथै सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । बिदाइ कार्यक्रममा शिक्षक, अभिभावक , विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक सङ्घका पदाधिकारी लयायत स्थानीय नागरिकहरुकाे समेत सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय