दार्चुला । नेपाली काङ्ग्रेस दुहुको बृहत कार्यकर्ता भेला एवंम अगुवा कार्यकर्ता सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको पुर्वसन्ध्यामा निर्वाचनको तयारी स्वरुप नेपाली काङ्ग्रेस दुहु गाउँपालिकाको आयोजनामा बृहत कार्यकर्ता भेला कार्यक्रम दुहु २ हिकिलामा सम्पन्न भएको हो ।

नेपाली काङ्ग्रेस दुहु गाउँपालिका सभापति नरेन्द्र कुवरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस दार्चुलाका सभापति ललित सिह बोहरा प्रमुख आतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेश कार्य समिति सदस्य करबिर बहादुर कार्की, जिल्ला सचीव पुलेन्द्र बहादुर कार्की,महाधिवेशन प्रतिनिधि ईश्वरी जोशी, गणेश भट्ट लगायतका नेताहरु बिशिस्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम पाटी सभापति बोहराले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै कार्यकर्ताहरुलाई चुनावी मानसिकता बनाई कांग्रेसलाई बहुमतका साथ जिताउन अपिल गरेका छन् । त्यस्तै काँग्रेस जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले गरेका महत्वपूर्ण कामहरुको मूल्याङकन गर्न अनुरोध गरे । नेपाली कांग्रेस पार्टीको राष्ट्रिय समस्यामा ठूलो निर्णायक भूमिका रहने भन्दै देशभरका जनताले कांग्रेस पार्टीलाई नै असल मानी कार्यकर्ताहरुको अहिले पार्टी प्रवेश गर्ने लर्काे लागेको बताए । आफ्नो कार्यकालमा स्थानीय सरकारको स्रोत साधनले गर्न सक्ने सम्पुर्ण बिकास निर्माणका कार्यक्रम योजनाहरु थल सिलङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माण, सिद्ध टोपी भ्यु टावर,खरमुक्त कार्यक्रम,धुवामुक्त कार्यक्रम अन्तर्गत ५ वटै वडाहरुमा ग्यास सिलेन्डर बितरण, हरेक बस्तीलाई जोड्ने सडक लाइन बिस्तार, कडा रोगीलाई राहत जस्ता कार्यक्रम बाट नेपाली काङ्ग्रेसको शिर उचो बनाएको र अगामी स्थानीय तहको निर्वाचनमा पनि दुहु गाउँपालिकामा काङ्ग्रेसलाई जिताउन लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

दुहु गाउँपालिकामा काङ्ग्रेस बाट गाउँपालिका अध्यक्ष उपाध्यक्ष जित्दा गाउँपालिकाले गरेका लोकप्रिय कामहरूको बारेमा आफ्नो टोल मा प्रचारप्रसार गरेर काङ्ग्रेस जिताउने अभियानमा लाग्न सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि ३३ जनाले नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवम महाधिवेशन प्रतिनिधि गणेश भट्ट, ईश्वरी जोशी, राजु अवस्थी, सान्ती बम,युवा नेता धनराज जोशी, गोपाल कुवर, दौलत सिह महर लगायतका नेता कार्यकर्ताहरुले महत्त्वपूर्ण भनाइ राखेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय