अछाम । नेपाल कम्युनिस्ट पार्टी अछाम द्वारा आयोजित राष्ट्रघाती एमसिसी पारितका विरुद्धमा जिल्लाको पञ्चदेल विनायक नगरपालिकामा विरोध प्रदर्शन सहित को सभा कार्यक्रम सम्पन्न भएको थियो । विरोध सभा कार्यक्रममा जनकम्यून साँस्कृतिक परिवारको बेजोड प्रस्तुती समेत रहेका थियो ।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछाम जिल्ला सचिव तपेन्द्र तिमिल्सिनाको प्रमुख अतिथ्यता रहेको थियो । तिमिल्सिनाले कार्यक्रममा बोल्दै नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको । संसदबाट पारित गरेको राष्ट्रघाती एमसिसी ले देशमा ठुलो क्षति गर्ने र यसलाई समयमै फिर्ता पठाउनु पर्ने, यसको लागि नेपाली जनता, वुद्धिजिवी, राष्ट्रवादी शक्ति, देश भक्तहरू, नेपालको सुरक्षा निकाय र अन्य पार्टी भित्र रहेका देश भक्तहरु एकता बद्ध भएर संयुक्त मोर्चा बनाएर संघर्ष गर्नुपर्ने भन्दै सम्पूर्णमा आह्वान गर्नु भएको । अन्य अथितिहरुले पनि कार्यक्रममा मन्तव्य राखेका थिए र एमसिसी नेपालको हितमा नभएको र यसलाई खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।

विरोध सभा कार्यक्रममा उपस्थित अतिथिहरू विशेष साधारण साखा सेक्रेटरी किरण, जिल्ला सचिवालय सदस्य द्वय लोकेन्द्र शाही र निरक शाही, जिल्ला कमिटी सदस्य द्वय तपेन्द्र शाही र एकेन्द्र नाथ, अखिल क्रान्तिकारी अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजक मोहन धामी लगायतका अथितिहरुको उपस्थिती रहेको थियो ।
नेकपा पञ्चदेल विनायक नगरपालिका इन्चार्ज एम वि चलाउने को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य विकास विष्टले गर्नु भएको थियो । र कार्यक्रमका अध्यक्ष जिल्ला सचिवालय सदस्य विराट ले कार्यक्रमको समापन गर्नु भएको थियो ।
