राप्रपा दार्चुलामा महिला अध्यक्ष, विवेकसील साझा प्रवेश तथा हाम्रो नेपाल हामी नेपाली अभियान समाहित
२०७८ फाल्गुन २५, बुधबार १८:५७
दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाको अध्यक्षमा ईन्द्रा बोहरा चयन भएकी छन् । राप्रपा दार्चुलाका अध्यक्ष बीर सिंह बडाल राप्रपा नेपालमा समाहित भएसँगै राप्रपा तदर्थ समिति अध्यक्षमा रहेकी बोहरालाई बुधवार राप्रपाको बैठकले अध्यक्षमा चयन गरेको हो । बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच राप्रपा जिल्ला कार्य समिति दार्चुला र हाम्रो नेपाल हामी नेपाली अभियान दार्चुलाबीच समायोजनसमेत भएको छ । हाम्रो नेपाल हामी नेपाली अभियान दार्चुलाका संयोजक नरेन्द्र सिंह धामीलाई राप्रपाको प्रवत्ताको रुपमा जिम्मेवारी दिइएको छ ।