दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा नेपाली कांग्रेसले टोलभेला सम्पन्न गरेको छ । धनबिर सिंह धामीको सभापतित्वमा भएको कांग्रेस टोलभेलामा प्रमुख अतिथि नेपाली कांग्रेस दार्चुलाका पूर्व उपसभापति एवं शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिंह धामी रहेका थिए भने विशिष्ट अतिथि नेपाली कांग्रेस शैल्यशिखर नगर कार्यसमिति सभापति मोहन सिह साउँद, नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं शैल्यशिखर नगरकार्यपालिका सदस्य सन्जा देवी धामी, नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति राजेन्द्र सिह धामी र वडा नम्बर ६ का वडाअध्यक्ष गोपाल सिह धामीकोे आतिथ्यता रहेको थियो
उक्त टोलभेला कार्यक्रममा नेकपा एमाले परित्याग गरि ४७ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन् भने ७ जनाले नेकपा माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरेको टोल सभापति धनबिर सिंह धामीले जानकारी दिए । पार्टी प्रवेश गर्नेहरुमा पार्वती देवी धामी, लक्ष्मी धामी, कल्मा देवी धामी, इन्द्र धामी, विशन धामी, राजेन्द्र सिह धामी, विजय सिह धामी, करन सिंह धामी, किस्ना बस्नेत श्याम सिह धामी, पुष्कर सिह धामी, अर्जुन सिह धामी, मोति देवी धामी, करन सिह खत्री, मान सिह खत्री, कासी राम खत्री, राजमती खत्री, कलावती खत्री, तिला खत्री, दान सिह खत्री, पदम सिह धामी, धने सिह धामी, कल्यान सिह धामी, सुन्दर सिह धामी, दिलेन्द्र सिह धामी रहेका छन् ।
यस्तै सुने देवी धामी, राम सिह धामी, राजु सिह धामी, अनिल धामी, सुनिल धामी, अनिता बिष्ट, नरेश सिह धामी, बिमला धामी, सुन्नरी धामी, लोकेश धामी, मिना धामी, मानमती धामी ,हिरा धामी, देव सिह धामी, लक्ष्मी धामी, माधब सिह धामी, झुपा खत्री, दिप्पु खत्री, मान सिह धामी, धौली देबि विष्ट, मते देबि धामी, सम्भु धामी, डिकरुवा धामी, धाना धामी, करडी देवी धामी, हरि धामी, बाग्मती देवी धामी, गोबिन्द सिह धामी रहेका छन् । नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नगरप्रमुख अमर सिंह धामीले शैल्यशिखर नगरपालिकालाई काँग्रेसमय बनाउनुपर्ने बताए । साथै उहाले कम्युनिष्टका चिल्ला भाषण र कोरा गफमा नभूल्न स्थानीयलाई आग्रह गरे ।
