दार्चुला । आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस महाकाली नगरपालिकाले गाउँ गाउँमा टोल समिति गठन गर्दै आईरहेको छ । जसअन्र्तगत शुक्रवार र शनिवार नगरपालिकाको वडा नम्वर २ को मुल्ला, मौखोलि र पन्डोरा क्षेत्रमा टोल समिति गठन गरिएको छ ।
टोल समिति गठनमा नेकपा एमाले र माओबादी पार्टी परित्याग गरी पाचासाँै बढी कार्यकर्ताहरुले नेपाली पार्टी प्रबेश गरेको नेपाली काँग्रेस पार्टी कोषाध्यक्ष एवम महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिए ।
टोल समिति गठन कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष एवम महाकाली नगरपालिकाका मेयर भट्टले आफुलाई नगरपालिकाका जनताले ५ बर्ष नगर सरकार चलाउने जिम्मेवारी दिएको र आफुले जनताको मन जित्ने गरी काम गरेको बताए । नगर क्षेत्रको हरेक बिकाशमा आफ्नो महत्वपुर्ण योगदान रहेको भन्दै नगरप्रमुख भट्टले ब्याक्तिगत बिकास भन्दापनि सामुदायिक बिकासका कार्यक्रमहरु लागु गरेको बताए ।
त्यस्तै नेपाली काँग्रेस दुहुँ गाउँपालिका वडा नम्वर ३ को बैठक सम्पन्न भएको छ । सभापति जनक राज जोशीको सभापतित्वमा सम्पन्न बैठकले वडा नम्वर ३ को महिला संघ कार्य समिति गठन गरेको छ । जसमा दुरा बम अध्यक्ष रहने गरी १५ जनाको महिला संघ गठन गरिएको महिला संघ जिल्ला सभापति शान्ति बमले जानकारी दिए । बैठकमा नेकपा एमाले पार्टी परित्याग गरी २ जनाले नेपाली काँगे्रस पार्टी प्रबेस गरेका छन । प्रवेश गर्नेहरुमा गणेश बहादुर बम र पदम सिह वोहरा रहेको सभापति जोशीले जानकारी दिए । पार्टी प्रवेश गर्ने दुबै जनालाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले अविर लगाई पार्टीमा स्वागत गर्नु भएको छ । प्रबेश गर्नेहरुले नेपाली काँग्रेस पार्टीको नीति सिद्धान्त र बिचार मन परि पार्टी प्रबेश गरेको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय