काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार २३४ पुगेको छ । सोही अवधिमा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३ हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६१ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख १७ हजार १७१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

                                                                                                       साभारः news24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय