दार्चुला । ब्यास गाउँपालिकाको वडा नम्बर ६ हुतीमा पछिल्लो समय काँग्रेस प्रवेश गर्नेहरूको लहर चलेको छ । बुधवार एक कार्यक्रमका बीच लामो समय सम्म निजामती सेवामा रहेर सामाजिक कार्यक्रममा सक्रिय नापी कार्यालय दार्चुलाका पुर्व कार्यालय प्रमुख अमर सिह कुवर सहित ६ जना एमालेका साधारण सदस्यले एमाले परित्याग गरि काँग्रेस पार्टी प्रवेश गरेका छन् ।
प्रवेश कार्यक्रममा बोल्दै समाजसेवी एवं पुर्व मालपोत कार्यालय दार्चुलाका प्रमुख अमर सिह कुवरले काँग्रेसले मात्रै गाउँको बिकास गर्न सक्ने र अहिलेसम्म काँग्रेसको नेतृत्वमा रहेको स्थानीय सरकारले जनताको जिवनस्तर माथी उठाउने र लोकप्रिय एवं जनमुखी कार्यक्रम धुवा मुक्त, हिलो मुक्त, खरछाप्रो मुक्त, मुटु क्यान्सर रोगी लाई राहत जस्ता कार्यक्रम गरेकाले काँग्रेसले आफ्नो मन जितेको हुँदा आफू प्रवेश गरेको बताए ।
