दार्चुला । आसन्न स्थानियको तहको निर्वाचन लक्षित राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले रणनीति तयार गरिरहेको छ । निरन्तर जिल्ला कार्यसमितिको बैठकले रणनीति बनाई रहेको पार्टी उपाध्यक्ष देबेन्द्र सिह धामीले जानकारी दिए ।
जिल्लाका ९ वटै स्थानिय तहको निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउनका लागि छलफल भैरहेको वताईएको छ ।
पार्टीले समाजका लागि गतिलो काम गर्ने, नागरिकका आधारभुत आवश्यकताहरु लाई मध्य नजर गरेर राजनितिलाई धर्म र सेवाका रुपमा काम गर्ने ब्यक्ति लाई आगामी चुनाबमा टिकट बितरण गर्ने जनाएको छ ।
नागरिकलाई जनचेतना मुलक कार्यक्रम गर्न पार्टीको छलफल चलिरहेको राप्रपा दार्चुलाका प्रबक्ता नरेन्द्र सिंह धामीले वताए । साथै नेपाली कांग्रेस नेकपा एमाले ले गाउँ घरमा नागरिकलाई कसम खुवाउने प्रबृत्ति सहित भ्रष्टाचारको घोर बिरोध गर्ने जनाएको छ ।
