दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टीमा केहि दिन अघि पार्टी प्रबेश गर्नेहरुको लहर नै चल्यो । पछि एका एक पार्टी भित्रको आन्तरीक रणनीति थाहाँ पाएपछि अहिले पार्टी परित्याग गर्नेहरुको पुनः लहर नै चलेको छ । यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले केहि दिन अघि मात्रै जिल्ला कार्यसमितिबाट मनोनित गरेका द्धय पार्टी उपाध्यक्षहरुले शनिवार विहानै एक विज्ञप्ती निकाल्दै पार्टी परित्यागको घोषणा गरेका छन ।

उपाध्यक्ष द्धय जमन सिह धामी र देबेन्द्र सिह धामीले सामुयिक रुपमा आजदेखी राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन । आफुहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी सँग आवद्ध नेताहरुले राजनीति भित्रको फोहरी खेलको समाप्त पार्ने, भ्रष्टाचार बिरुद्ध लड्ने देशको विकाश गर्ने लगायतका विचारहरु देखाएका कारण आफुहरुले पार्टी रोजेको र पार्टी भित्रको रणनीति थाहाँ पाएपछि अहिले पार्टी छोड्नु परेको वताए । पार्टी आफ्नो बिचार सिद्धान्तमा अगाडी नवढेको र कसै आर्काे दलबाट परिचालित भएको थाहाँ पाएपछि आफुहरुले पार्टी छोड्नु परेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय