दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर १ वास्पाली टोलमा नेकपा एमालेको टोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले दुहुँ १ का अध्यक्ष मधन सिह महरको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमीटी सदस्य नरेन्द्र सिह बडाल रहनु भएको थियो भने बिशिष्ट अतिथि एमाले दुहुँ गाउँपालिका अध्यक्ष जंग बहादुर बम रहनु भएको थियो । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेताले पार्टी परित्याग गरी एमाले प्रबेश गरेको नेकपा एमाले दुहु १ ले जनाएको छ । २०५४ सालको बहुदलमा काँग्रेसवाट निर्वाचित वडा सदस्य एवम काँग्रेस १४ औँ महाधिवेशन क्षेत्र क बाट प्रतिनिधि जयसिह महरा लगायत ७ जनाले पार्टी प्रबेश गरेको एमाले युवा नेता धनराज भट्टले जानकारी दिए ।
