दार्चुला । घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तर्गत नेपाली काँग्रेस दुहुँ गाउँपालिका वडा नम्वर १ बास्पाली टोलमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस दुहुँले कार्यक्रम गरिरहेको छ । काँग्रेस दुहुँ १ का पार्टी सभापति बिशन सिह बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव एवम दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की रहनु भएको थियो ।
सोही कार्यक्रममा नेकपा एमाले दुहुँ गाउँपालिका वडा नं १ बस्पालीका दलित जिल्ला कमिटी सदस्य तथा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट दलित वडा सदस्य बिर्मा लुहार सहित २ दर्जन बढी नेता कार्यकर्ताहरुले पार्टी प्रबेस गरेको दुहुँ काँग्रेसले जनाएको छ । त्यस्तै मंगलराम लुहार, हरक राम लुहार, जोगा राम लुहार, कौशा लुहार, बिरुवा लुहार, मदन राम लुहार, सिता लुहार, जमन राम लुहार, बागमती लुहार, गणेश राम लुहार, कलावती लुहार नेकपा एमाले र गौरा लुहार, झुनराम लुहार, किन्नो राम लुहार, मनुरी लुहार, सुरेन्द्र लुहारले नेकपा माओबादी पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टी प्रबेस गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय