दार्चुला । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा समावेश गर्नुपर्ने विषयबारे नेपाल राष्ट्र बैंकले दार्चुलाका सरोकारवाला पक्षसँग सुझाव लिएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागले सोमवार दार्चुला सदरमुकाम खलंगामा आयोजना गरेको पूर्ण बजेटकालीन अन्तरक्रिया कार्यक्रममा विभिन्न सुझाव तथा राय दिइएको छ । दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले स्वदेशी उत्पादनलाई प्रोत्साहन दिनुपर्ने र साना उद्योगलाई बैंकले क्रण अनुदान सहयोग दिनुपर्ने बताए । उद्योग वाणिज्य संघका पदाधिकारीहरुले यहाँका नेपालीहरुको व्यापार भारतमा पनि हुने भएकाले भारतमा हुने नेपाली रुपैयाँको अवमूल्यन रोक्नुपर्ने सुझाए । उनीहरुले नेपाल राष्ट्र बैंकले सहटी काउन्टर खोलेर पनि सेवा दिन माग गरेका छन् । कार्यक्रममा बोल्ने अन्य सरोकारवालाहरुले आर्थिक वृद्धि गर्नका लागि सरकारले रोजगारीमूलक, उत्पादनमूखी र सीपमूलक तालिम दिनेजस्ता कार्यक्रममा जोड दिनुपर्ने सुझाव दिए । अन्तक्र्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, बै.क तथा वित्तिय क्षेत्रका प्रमुख एवं पदाधिकारी, निर्माण व्यवसायी, उद्योगी लगायतको सहभागिता रहेको थियो । सुझाव संकलनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागबाट प्रतिनिधि दार्चुला आएका थिए । यहि चैत्र १८ गते कन्चनपुरको महेन्द्रनगरमा अन्तक्र्रिया कार्यक्रम गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय