दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाको केन्द्र हिकिलामा भ्याक्सिन सबस्टोर स्थापना गरी उद्घाटन गरिएको छ । बालबालिकालाई नियमित लगाइने खोप तथा अभियानका बेला लगाइने खोपहरु भण्डारण गर्न स्थापना गरीएको भ्याक्सिन सबस्टोर आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हिकिला स्वास्थ्य चौकीका प्रमुख प्रेम सिंह धामीले जानकारी दिनुभयो । हिकिला स्वास्थ्य चौकीको नवनिर्मित भवनमा विद्युत तथा जेनेरेटरको व्यवस्थापन भए पछि खोप भण्डारणका लागी भ्याक्सिन सबस्टोर स्थापना गरिएको उहाले बताउनुभयो ।

खोप भण्डारणका लागी आवश्यक पर्ने डिप फ्रिजहरु स्वास्थ्य कार्यालयले उपलब्ध गराएको स्वास्थ्य कार्यालय दार्चुलाका कोल्डचेन सुपरभाइजर प्रेम सिंह महराले जानकारी दिनुभयो । अब देखी दुहुँ गाउँपालिका अन्तरगतका सबै स्वास्थ्य चौकीहरुले भ्याक्सिन सबस्टोर हिकिलाबाटै नियमित तथा अभियानका बेला लगाइने खोपहरु सजिलै प्राप्त गर्ने स्वास्थ्य चौकी प्रमुख धामीले बताउनुभयो ।

चैत २५ गते देखी १५ महिना देखी १५ वर्ष मुनिका बालबालिकालाई दिइने टाइफाइड बिरुद्धको खोप समेत सोही भण्डारमा भण्डारण गरी सुरक्षित राखिएको बताइएको छ । दुहुँ गाउँपालिका भरी टाइफाइड बिरुद्धको खोप प्राप्त गर्ने लक्षित समुह ३ हजार २ सय ३६ रहेको उहाले जानकारी दिनुभयो । सबस्टोर उद्घाटन कार्यक्रम दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षता, स्वास्थ्य कार्यालय दार्चुलाका कोल्डचेन सुपरभाइजर प्रेम सिंह महराको प्रमुख आतिथ्यतता तथा वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द सिंह डडाललेको विशिष्ट आतिथ्यततामा भएको थियो । dfm

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय