काठमाडौं । सामाजिक सञ्जालमा कयौँ पटक यस्तो डरलाग्दो भिडियो देखिन्छ, जसलाई हेर्दा हाम्रो मुटुको धड्कनै रोकिएला जस्तो हुन्छ । हालै एक यस्तो भिडियो भाइरल भएको छ, जसमा एक कार्गो विमान विमानस्थलमा आपतकालीन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको छ । यो भिडियो हेरेपछि जोकोहीको होस् उड्छ ।

यो घटना मध्य अमेरिकी देश कोस्टारिकाको हो । यहाँ एक विमान आपतकालिन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको देखिएको छ । भिडियोमा अवतरणको समयमा कार्गो विमान धावनमार्गमै उत्रने वित्तीकै दुुई टुक्रा भएको थियो । यो विमान डीएचएलको स्वामित्वमा रहेको थियो ।

यो दुर्घटना कोस्टारिकाको जुआन सान्टा मारिया अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । यो कार्गो विमानमा केही यान्त्रिक समस्या आएको थियो । त्यसपछि विमानलाई आपतकालिन अवतरण गरिएको र अवतरणकै समयमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालकको अवस्थाबारे भने केही खुलाइएको छैन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय