दार्चुला । दुहुँ गाउँपालिका अध्यक्षका लागि काँग्रेसबाट पुलेन्द्र बहादुर कार्की र एमालेबाट नरेन्द्र बडाल सर्वसमत रुपमा सिफारिस हुनु भएको छ । सरकारले स्थानिय तह निर्वाचनको लागि बैशाख ३० को मिति तय गरेपछि अहिले राजनीतिकदलहरु उम्मेदवार छनौटमा लागेका छन । केहि दिन अघि मात्रै दुहुँ गाउँपालिका अध्यक्षको लागि नेकपा एमालेले २०७४ सालको स्थानिय तहमा पराजित नेता नरेन्द्र बडाललाई अध्यक्ष पदका लागि पुन सर्व समत रुपमा जिल्ला कमिटिलाई सिफारिस गरेको थियो ।
सोमवार नेपाली काँग्रेस दुहुँ गाउँपालिकाले पनि गाउँपालिकाका वर्तमान अध्यक्ष एवम काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीलाई सर्वसमत रुपमा पुन अध्यक्षको लागि जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
स्थानिय तह निर्वाचन २०७४ मा पनि दुबै नेता दुहुँ गाउँपालिका अध्यक्षका लागि उम्मेदवार रहेका थिए । नेपाली काँग्रेसका नेता पुलेन्द्र बहादुर कार्कीले नेकपा एमाले नेता नरेन्द्र बडाललाई ६ सय ८ मतले पराजित गर्दै जित हात पारेका थिए । जिल्लामै लोकप्रिय नेता कार्कीलाई पुनः गाउँपालिका अध्यक्षमा दुहुँ काँग्रेसले सर्बसमत रुपमा सिफारिस गरेको हो ।
त्यस्तै शिक्षण पेशा बाट राजिनामा गरी राजिनीतिमा होमीएका दुबै नेता दुहुँका लागि निकै प्रभावशाली मानिन्छन । कार्की नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव हुन्न भने बडाल नेकपा एमाले जिल्ला कमिटि सदस्य हुन्न ।
स्थानिय तह निर्वाचन २०७४ मा दुहुँमा नेपाली काँग्रेसले पाँचवटै वडाहरु जित्नुका साथै वडा नम्वर ५ मा १ जना सदस्य बाहेक सम्पुर्ण वडा सदस्यहरु समेत एकलौटी रुपमा जितेको थियो ।
