बैतडी । (एकीकृत समाजबादी)ले दोगडाकेदार गाउँपालिकाका वडा न.८ कटौजपानीमा सोमबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । कार्यक्रममा प्रमुख अथितिमा नेकपा एकीकृत (समाजबादी)का पोलिटब्युरो सदस्य प्रमानन्द भट्ट रहनुभएको थियो । त्यस्तै बिशिष्ट अथितिमा नेकपा (एकीकृत समाजबादी)का केन्दीय सदस्य माया भट्ट रहनुभएको थियो। भने कार्यक्रमको अध्यक्षता दोगडाकेदार गाउँपालिका कमिटि अध्यक्ष लक्ष्मी जोशीले गर्नु भएको थियो । उक्त कार्यकर्ता भेलामा बोल्दै नेकपा (एकीकृत समाजबादी)का केन्दीय सदस्य माया भट्टले ब्यात्तिबादी चिन्तनबाट माथी उठेर सामाजिक रुपान्तरणका काममा लाग्न सनै नेता कार्यकर्तालाई आग्रह गर्दै नेकपा एमाले कम्युनिस्ट चरित्र बाट बिमुख भएको सिद्धटोपी खबरलाई बताउनुभयो ।
दोगडाकेदार गाउँपालिकाका वडा न.८ कटौजपानीमा भएको भेलामा नेकपा एकीकृत (समाजबादी)का पोलिटब्युरो सदस्य प्रमानन्द भट्टले एमाले बाट बिद्रोह गर्नु परेको कारणका बारेमा बताउनु भएको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याक गरी नेकपा (एकीकृत समाजबादी)मा २५ जनाले प्रबेश गरेको नेकपा (एकीकृत समाजबादी) दोगडाकेदार गाउँपालिका कमिटि अध्यक्ष लक्ष्मी जोशीले सौगात खबरलाई बताउनुभयो । नेकपा एमाले बाट बिद्रोह गरे पछि नेकपा (एकीकृत समाजबादी) ले वडा स्तरमा अगुवा कार्यकर्ता भेला कमिटी गठनको कामले तिब्रता पाएको छ ।

