काठमाडौ । नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन गरेको सहमतिमा नेता भीम रावलले प्रश्न उठाएका छन्।

एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग पाँच बुँदे सहमति गर्दै चुनावी तालमेल गरेको थियो। विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति रावलले प्रश्न उठाएका छन्।

विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे१के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ररुयसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ।

‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ?’ निर्वाचन ऐन २०७३ माउम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छु भन्ने लेखिएको छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय