दार्चुला । नेपाली काँग्रेस महाकाली नगरपालिकाले स्थानीय तह निर्वाचनका लागि जिल्ला उपसभापति महादेव बडू कस्यपको संयोजकत्वमा महाकाली नगरपालिकामा निर्वाचन समन्वय तथा परिचालन समिति गठन गरेको छ । नेपाली काँग्रेस नगरसभापति चन्द्र सिंह विष्टको सभापतित्वमा सोमवार बसेको बैठकले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा वियजी सुनिश्चतताका लागि महाकाली नगरपालिकामा निर्वाचन समन्वय तथा परिचालन समिति गठन गरेको हो । उपसभापति बडूको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको नेपाली काँग्रेस महाकाली नगरपालिका सभापति चन्द्र सिंह विष्टले जानकारी दिए । बैठकमा नगरपालिकाका ९ वटै वडाका सभापतिहरुको उपस्थिति रहेको थियो । यस्तै निर्वाचनमा नेपाली काँग्रेसलाई विजय गराउन नेपाली काँग्रेसको प्रचारप्रसारलाई व्यवस्थित तथा मर्यादित बनाउन १ हजार १ सदस्यीय प्रचार प्रसार समिति पनि गठन गर्ने निर्णय गरिएको छ । नगरसभापति चन्द्र सिंह विष्ट संयोजक रहेको समितिमा सम्पूर्ण नगर कार्य समिति, वडा कार्य समिति, टोल कार्य समिति, नगरस्थित सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाहरु सदस्य रहेका छन् । यस्तै स्थानीय निर्वाचन लागि हालसम्म गरिएका उत्कृष्ट कार्यक्रमहरुसहित आगामी दिनमा गर्ने कामहरुको लागि प्रतिवद्धतापत्र निर्माण गर्न क्षेत्रिय कार्य समिति सचिव पुस्कर राज जोशीको संयोजकत्वमा ३ सदस्यीय घोषणपत्र निर्माण समिति गठन गरिएको छ । यसैबीच निर्वाचनमा भए गरेका कामहरुको सहि सूचना सम्प्रेषणका लागि नेपाल प्रेस युनियनका सचिव किरन धामीको संयोजकत्वमा नगर स्तरिय मिडिया सेन्टर स्थापना गर्ने समेत निर्णय गरिएको नेपाली काँग्रेस महाकाली नगरपालिका सभापति चन्द्र सिंह विष्टले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय