दार्चुला । रेलको बाटो पुग्दैछरे गितको दोस्रो पार्टको छायाङकनका लागि राष्ट्रिय कलाकारको टोली दुहुँ गाउँपालिका पुगेको छ । डारेक्टर लक्ष्मण सुनार नेतृत्वको टोली वीहिबार दुहुँ पुगेको हो । गाउँपालिकामा राष्ट्रिय कलाकारको टोली पुगेको भन्दै दुहुँ गाउँपालिकाले बाजागाजा सहित भब्य स्वागत गरेको छ ।
गायक सुरज पण्डित, मोडल अस्मिता सुनार, तुलसा कुमारी श्रेष्ठ, निसाल पौडेल र ईन्द्रलाल श्रेष्ठ सहितको टोली भिडियो छायाङकनका लागि पुगेको हो । दुहुँ गाउँपालिकामा निर्माण भएको नेपालकै दोस्रो लामो झोलुङगेपुलमा उहाँहरुले भिडियो छायाङकन गर्नु भएको छ । बाकि भिडियो छायाङकनका लागि टोली जिल्लाको बिकट क्षेत्र तिंकर सम्म जाने भएको छ । नेपाल पट्टी बाटो अप्ठ्यारो भएका कारण टोली भारतको बाटो प्रयोग गरेर सितापुल सम्म जाने भएको छ । भारतको बाटो भएर जाने क्रममा छायाङकनका लागी प्रयोग गरिने क्यामरा, र ड्रोन क्यामराको लागि भारतले अनुमति नदिने भएपछि नेपालबाटै पठाउने तयारी भैइरहेको गायक सुरज पण्डितले जानकारी दिए ।
भिडियो छायाङकनमा ज्यानमारा तुईन, तिंकर सम्म जाने नेपाल तिरको अप्ठ्यारो बाटो, ठुलठुला हिमाल लगायतका दृष्यहरु समेटिने छन ।

