मनिसा विस्ट, ब्यास । जिल्लाको व्यास गाउपालिकामा चार दिन यता अवरुद्ध सञ्चार सेवा संचालनमा आएको छ । व्यास गाउपालिका वडा नं ४ सुन्सेराको कैचुलामा रहेको टावर दुहुँ गाउपालिकाको ब्रहमलेकमा सार्ने काम चलिरहेकोले बेला अवरुद्ध सञ्चार सेवा मंगलवार बाट संचालनमा आएको नेपाल  टेलिकम दार्चुलाले जनाएको छ । कैचुला स्थित टावरबाट व्यास गाउपालिकाको वडा नं २, ३, ४, ५ र ६ अथवा छिमेकी भारतको केही गाउका बासिन्दाले सेवा लिईरहेका थिए । अहिले कैचुला बाट ब्रहमलेक टावर सारे सँगै व्यास गाउपालिका वडा नं १ छाङरुका बासिन्दाले समेत सेवा पाउने भएका छन । साथै ब्रहमलेकको टावर बाट छाङरु सम्म लिकं पुग्ने टेलिकम दार्चुलाले जनाएको छ । विगतमा कैचुला टावरबाट पटक पटक सञ्चार सेवा अबरुद्ध हुदा मर्कामा परेका व्यास बासिन्दाहरुलाई भने अब केही राहत हुनेभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय