काठमाडौं । नेपालमा सर्वप्रथम २००४ साल जेठ २९ गते निर्वाचन भयो । त्यो बेला काठमाडौं म्युनिसिपलिटी खडा गरी जनप्रतिनिधि चयनका लागि जनताले पहिलो पटक मताधिकार प्रयोग गरेका थिए । साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन । पहिलो निर्वाचनमा ६० देखि ६५ प्रतिशत मत खसेको अनुमान गरिएको थियो ।
त्यतिबेला मनोनितबाट सभापति र निर्वाचितवाट उपसभापतिको चयन गर्ने व्यवस्थाअनुसार गेहेन्द्रशमशेर थापा सभापति र शंकरदेव पन्त उपसभापति चयन हुनुभयो । २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीबाट नगर चुनावमा जनकमान श्रेष्ठ र उपमेयरमा प्रयागराजसिंह सुवाल चुनिनुभयो ।
६८ वर्षअघि काठमाडौंका जनताले २५ सय मत दिएर पहिलो मेयर बनाएका जनकमान श्रेष्ठले त्यो बेला पनि चुनावी एजेण्डा फोहोर व्यवस्थापन नै रहेको बताउनुभयो । अर्को संयोग के छ भने काठमाडौं उपत्यकाको उम्मेदवार हुन काठमाडौंकै भूमिपुत्र हुनुपर्ने अघोषित मान्यताजस्तै बन्दै आएको छ ।
अझै पनि काठमाडौंको फोहोरले राजनीतिलाई कब्जामा लिन छोडेको छैन । आखिर काठमाडौं उपत्यकाका मतदाताको प्राथमिकता एजेण्डा कि जातीय प्रतिनिधित्व या एजेण्डा अझै अलमल छ ?
साभारः ईमेजखबर
