पारस्मणी जोशी÷विशाल सिंह रैखोला, दार्चुला । जिल्ला मन्दिरै मन्दिर ले भरिपुर्ण देवभूमि जिल्ला हो जस्को अर्थ हुन्छ देवताहरुको भुमी यहाँ मालिकार्जुन,लटिनाथ,हुनैनाथ,मस्टकेदार)भगवती आदि आदि थुप्रै देवि देवताहरुको बासस्थान भएको जिल्ला हो । हरेक गाउँ गाउँ मा मन्दिर भएको जिल्ला हो ।
महाकाली नगरपालिका वडा नं ७ स्थित लटिनाथ मन्दिर (फुट्लिङ्ग) को रहस्य आज यहाँहरु समक्ष पस्कन गैरहेका छौ । लटिनाथ मन्दिर (फुट्लिङ्ग) धाप (रैत्यौडा) को रहस्य निकै पुरानो रहेको छ। रैत्यौडा मा पहिले नारद जोशी र शिव राज जोशी बाजे बस्नु हुनथ्यो उहाँ र उहाकी श्रीमती पुरै रैत्यौडा मा खेतीपाती गर्नुहुनथ्यो र जहाँ आज भोली गविर छ त्यो ठाउँ मा एक दिन रुख का पतेला हरु बटुल्ने क्रममा लिङ (शिवलिंग) फेला पर्यो ।
लटिनाथ स्वामी मौखोली देखि बाजे संगै रैत्यौडा आएका रहेछ्न र त्यहाँ मन्दिर बनाइयो र बिश्ट हरु पनि धाप मा बस्न आए बाजे र बिश्ट हरु बिच धाप र असिगडा मौजा को बारेमा झक्डा भयो बाजे को भनाइ अनुसार रैत्यौडा लाई गुठी भन्नू पर्ने थियो तर बिश्ट हरुले मानेनन र झक्डा ले ठूलो मोड लियो र मुद्दा भयो जोशी बाजे ले मुद्दा हारे र उन्ले दुखी हुँदै रैत्यौडा छाड्नु पर्यो यहि दुख मा उहाकी श्रीमती ले आफ्नो दूध काटेर लटिनाथ स्वामी को गाथा मा राखे र भने हामि बाहेक कसैको पनि खानी (बसोबास) नहोस भने र बिश्ट हरुले धेरै मान्छे हरुलाइ रैत्यौडा मा बोलाउनु भयो तर कसैको पनि रैत्यौडा मा बाँस भएन र बन्तोली बाट भारत को पैया भन्ने ठाउँ मा भएका रैखोला हरुलाइ बोलाइयो र त्यो दिन देखि आज सम्म रैत्यौडा गाउँ मा रैखोला हरु को मात्र बसोबास हुँदै आएको छ ्र
